झापा ।
झापाको बिर्तामोड नगरपालिका–४ स्थित पुरानो भद्रपुर रोडबाट गएराति लागू औषधसहित दुई जना पक्राउ परेका छन् । सोमवार राति ८ः४५ बजेको समयमा प्रहरीले लागू औषधसहित उनीहरुलाई नियन्त्रण गरेको हो ।
इलाका प्रहरी कार्यालय इप्रका अनारमनीबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–१ का ३२ बर्षिय बिजय कर्माकार र सोही स्थानका ३५ बर्षिय सन्तोष मिस्त्रीलाई पक्राउ गरेको हो ।
नियन्त्रण गरिएका उनीहरुको साथबाट ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ प्लाष्टिक बाहेक १३ ग्राम ३६० मिलिग्राम फेला परेको थियो ।
साथै उनीहरुका साथबाट android mobile २ थान, को ३५ प ९०६९ नम्बरको मोटर साइकलसहित दुबैलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।