झापा । 

झापाको मेचीनगर नगरपालिका वडा नम्बर १ स्थित गणेश टोल एउटा जंगली हात्ती मृत फेला परेको छ ।  गणेश टोल स्थित मकैबारीमा आज (सोमवार) बिहान ८ः५५ बजेको समयमा एउटा जंगली हात्ती मृत फेला परेको हो । 

उक्त जंगली पोथी हात्ती के कुन कारणले मृत्यु भएको हो त्यो बिषयमा जानकारी नभएको प्रहरीले जनाएको छ । मकैवारीमा मृत अवस्थामा एउटा जंगली हात्ती फेला परेको छ ।

 प्रहरी चौकी तिरिङखोलाबाट टोली गएर घटना स्थल सुरक्षित राखेको र डिभजन वन कार्यालय भद्रपुर झापालाई जानकारि गराइसकिएको प्रहरीले जनाएको छ ।  हात्तीको मृत्युको कारणका बिषयमा थप अनुसन्धान जारीरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।