बिर्तामोड।
झापाका व्यवसायी उत्साहका साथ आफ्नो जन्म दिन बिर्तामोड उद्योग वाणिज्य संघमा मनाउने गर्छन् । व्यवसायीको जन्म दिनका अवसरमा वाणिज्य संघले विशेष प्रकारको कार्यक्रम आयोजना गर्ने गरेसंगै व्यवसायीहरुले समेत उत्साहका साथ आफ्नो जन्म दिन संघमा आएर मनाउने गरेका छन् ।

जन्म दिनका अवसरमा व्यवसायीलाई सु स्वास्थ्य र दीर्घ जीवनको कामना गर्दै सम्मान सहित कदरपत्र प्रदान गर्ने गरेको बाणिज्य संघले कार्यालयको बैठक कक्षमा अन्य व्यवसायीलाई समेत सहभागी गराउँदै सामुहिक केक काट्ने गरेको छ । जसका कारण आम व्यवसायी संघमा आएर आफ्नो जन्म दिन मनाउन लालायित देखिन्छन् ।
बिर्तामोड उद्योग वाणिज्य संघले गत वर्षबाट यो कार्य सुरु गरेको हो । हालसम्म ५० जना भन्दा बढी व्यवसायी, सामाजिक व्यत्तित्व , नागरिकसमाजका अगुवाले संघको कार्यालयमा आएर आफ््नो जन्म दिन मनाएका छन् ।
आइतवार मात्रै मिरा एण्ड सन्स प्रा।लि।का सञ्चालक घनेन्द्रकुमार पाण्डे९जीपी०ले आफ्नो जन्म दिन वाणिज्य संघको कार्यालयमा मनाएका हुन् । यस अघि पनि गत वर्षपनि उनले आफ्नो जन्म दिन संघकै कार्यालयमा आएर मनाएका थिए ।
जन्मदिन मनाउने क्रममा उनले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषमा २१ हजार एक सय ११ रुपैयाँ समेत प्रदान गरे । बिर्तामोड उद्योग वाणिज्य संघले एक करोड रुपैयाँ बरावरको अक्षयकोष स्थापना गरेको छ र सो कोषमा यसैगरी रकम जम्मा हुने गरेको छ । बिर्तामोडका व्यवसायीलाई दैवी प्रकोप परेका बेला सहयोग गर्ने उद्देश्यले कोष स्थापना गरिएको छ ।
मिरा एण्ड सन्स प्रा।लि।का सञ्चालक पाण्डेको जन्म दिन मनाउने क्रममा बिर्तामोडका व्यवसायी मात्रै उपस्थित थिएनन् । सो कार्यक्रममा नेपाली कांग्रेस बिर्तामोडका नगर सभापति भोजराज सिटौला समेत सहभागी थिए । उनले यो कार्यक्रम निक्कै प्रभावकारी भएको टिप्पणी गरे ।
संघमा जन्म दिन मनाउन आउने जो कोहीलाई संघका अध्यक्ष राजु न्यौपाने, कोषका संयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे राजु र महासचिव कुशल खतिवडाले संयुक्त रुपमा हस्ताक्षर गरेको कदरपत्र प्रदान गर्दै सु स्वास्थ्य र दीर्घजीवनको कामना गर्ने गरिएको छ ।
संघमा आएर जन्म दिन मनाउनेहरुले ११ हजार एक सय ११ रुपैयादेखि माथि एक लाख ११ हजार एक सय ११ रुपैयाँसम्म कोषको खातामा रकम जम्मा गर्दै आएका छन् । संघका कार्यसमिति सदस्यदेखि आम उद्योगी व्यवसायीले उद्योग वाणिज्य संघ बिर्तामोडको कार्यालयमा आएर जन्म दिन मनाउन थालेसंगै कोषमा अहिले २० लाख बढी रकम जम्मा भएको संघका कोषाध्यक्ष युवराज निरौलाले बताए ।
निर्माण व्यवसायी संघ झापाका अध्यक्ष केदार गिरीदेखि नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईसम्मले संघको कार्यालयमा आएर आफ्नो जन्म दिन मनाएका छन् । औषधि व्यवसायी, सुनजाँची व्यवासायी, ढुवानी व्यवसायी लगायतले समेत आफ्नो जन्म दिन यसैगरी मनाउने गरेका छन् ।