बिर्तामोड । 

झापाको बिर्तामोड–५ स्थित हर्कलाल मार्गबाट इन्द्रचन्द्र क्याम्पस जाने २७० मिटर सडक खण्डमा कालोपत्रे सम्पन्न भएको छ । पूर्वाधार विकास कार्यालय, झापाद्वारा सञ्चालित यस आयोजनाको निर्माण कार्य माइ भगवती कन्ट्रक्सन, देउमाई–७, इलामले गरेको हो ।

कूल ६ मिटर चौडाई रहेको यो सडक कालोपत्रे गर्न भ्याटसहित ६३ लाख रुपैयाँ लागत लागेको छ । यस परियोजनाका लागि आवश्यक बजेट कोशी प्रदेश सरकारले उपलब्ध गराएको थियो । 

आयोजनाको नगर प्रमुख पवित्रा महतारा प्रसाई, नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराईले अनुगमन गरेका छन् ।