झापा । 

हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ ।  देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानहरू मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। 

राती भने देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी देखि धेरै भारी बर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकीका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरू तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। 

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको धेरै स्थानहरू, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको थोरै स्थानहरूमा तथा मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी देखि धेरै भारी बर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।