झापा । 

झापाबाट जेष्ठ महिनामा ५१ जना फरार प्रतिबादीहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोली र मातहत प्रहरी युनिटहरुबाट खटिएको प्रहरी टोलीले जेठ महिनामा ५१ जना फरार प्रतिवादी पक्रन सफल भएको हो । 

उच्च अदालत विराटनगर इलाम इजलासको मिति २०७२/०३/१६ गतेको फैसलाले जबरजस्ती करणी र जबरजस्ती चोरी मुद्दामा १० बर्ष कैद फैसला भई फरार रहेका फरार प्रतिवादी मेचीनगर–७  का ३२ बर्षिय प्रदिप राई र उच्च अदालत पाटनको मिति २०८०/११/२९ गतेको फैसलाले राजश्व चुहावट मुद्दामा १ बर्ष २ महिना १५ दिन कैद २ करोड ८४लाख  ५८ हजार ६०५ रुपैयाँ जरिवाना फैसला भई फरार रहेका थिए । 

फरार प्रतिवादी बिर्तामोड–८ का ३० बर्षिय अमिर लगुन बिश्वकर्मालगायत बिभिन्न मुद्दा शिर्षकमा फरार रहि दोषि प्रमाणित भएका पुरुष ४३ जना, महिला ७ जना र तेश्रो लिङ्गी एक जना गरी जम्मा ५१ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको हो । 

उनीहरुलाई आवश्यक कारवाहिको लागि झापा जिल्ला अदालतमा उपस्थित गराई कैद असुल बाँकी रहेका प्रतिवादीहरुलाई उक्त अदालतको आदेशले कैद भुक्तानको लाथि कारागार कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ । 

उनीहरुबाट जरिवाना असुल मात्र वाँकी रहेका प्रतिवादीहरुलाई जरिवाना दाखिला गराई लगत कट्टा गरी छुट्टि गएको र सो बाट कैद ३१ वर्ष ५ महिना २६ दिन तथा २ करोढ ९९ लाख ७८ हजार ५६० जरिवाना असुल उपर भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।