लक्ष्मीपुर ।
झापाका खोलानालाबाट नदीजन्य सामाग्री उत्खनन् र ओसारपसार आज अर्थात असार १ गतेदेखि बन्द भएको छ । झापाको अर्जुनधारा नगरपालिकासहित १५ वटै पालिका भित्र रहेका खोलानालाबाट आज (आइतवार) बाट नदीजन्य सामाग्री उत्खनन् तथा ढुवानी गर्न नपाइने भएको हो ।

केही पालिकाहरुले सूचना जारी गर्दै आ–आफ्नो पालिका भित्र रहेका खोला तथा नदीबाट नदीजन्य ढुङ्गा, गिटी, बालुवा जस्ता सामाग्री उत्खनन्, संकलन र ओसार पसार नगर्न आग्रह समेत गरेका छन् ।
जेष्ठ ३१ गते साँझ ६ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागिका लागि नदीजन्य सामाग्री उत्खनन्, संकलन र ढुवानीमा पालिकाहरुले रोक लगाएका हुन् ।
अर्को व्यवस्था नहुँदा सम्मका लागि बन्द गरिएको जनाउँदै सूचनालाई अटेर गरी आफू खुसी नदीजन्य सामग्री उत्खनन् तथा संकलन गरी ओसार पसार गरेको पाइएमा कानून बमोजिम कार्वाही गरिने पालिकाले जनाएका छन् ।