झापा ।
झापामा स्वीमिङ पुलमा डुवेर एक जनाको मृत्यु भएको छ । झापाको अर्जुनधारा नगरपालिका–११ माता मन्दिरस्थित सीएम स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा डुवेर बिर्तामोड नगरपालिका–११ बसपार्क बस्दै आएका अन्दाजी ४० बर्षिय केशव पाठकको पौडी स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको छ ।

पाठक काठमाण्डौ महानगरपालिका वडा नं १४ बाफल घर भई बिगत २ महिना अगाडीदेखि बिर्तामोड नगरपालिका–११ बसपार्कमा बस्दै आएका थिए । पाठक शनिवार अर्थात गएराति अन्दाजी ८ः३० बजेको समयमा स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर घाइते भएका थिए ।
उनलाई तत्काल उद्धार गरी उनकै साथीहरुले उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याएका थिए । अस्पताल ल्याएपछि डाक्टरले उनलाई मृत घोषणा गरेका थिए। घटनाका बिषयमा थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरीको टोली गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।