हल्दीबारी ।
झापाको हल्दीबारी गाउँपालिकाले बजार अनुगमन गर्ने भएको छ । पालिकाले गाउँपालिका क्षेत्र भित्र अस्वभाविक मुल्यवृद्धिसहित अखाद्य तथा गुणस्तरीयहिन सामाग्री बिक्री बितरण भइरहेको भन्ने जनगुनासोको आधारमा बजार अनुगमन गर्ने भएको हो ।

पालिका भित्र रहेका बजार, पसल, औषधी पसल, हाटबजारमा अस्वभाविक मुल्यवृद्धि, अखाद्य वा गुणस्तरहीन वस्तु, सडेगलेका माछा, मासु तथा म्याद गुज्रिएका पदार्थहरुको खुलेआम विक्री वितरण भइरहेको भन्ने व्यापक जनगुनासोहरु बारम्बार आएको भन्दै गम्भीर ध्यानाकर्षण भएको पालिकाले जनाएको छ ।
मानव स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने यस्ता गैरकानुनी कार्यहरु गर्ने गराउने वा त्यस्ता गतिविधिमा संलग्न हुने जो कोहीलाई ‘उपभोक्ता संरक्षण ऐन २०७५’ तथा प्रचलित कानुन बमोजिम कारवाही हुने पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) जानकारी दिए ।
उनका अनुसार यस्ता गैह्रकानुनी कार्यहरु कहिकतै भए गरेको पाइएमा नजिकको प्रहरी चौकी, वडा कार्यालय, गाउँपालिका तथा सम्बन्धित निकायमा खबर गरिदिन हुन समेत आम सरोकारवालाहरुमा हार्दिक गरिएको छ ।
पालिकाले शुक्रवार एक सूचना जारी गर्दै अब उप्रान्त सम्बन्धित निकायहरुको प्रत्यक्ष सहभागितामा यस गाउँपालिकाबाट यथाशिघ्र बजार अनुगमन गरिने जनाएको छ । जारी सूचनामा भनिएको छ । ‘आ–आफ्नो व्यवसायसँग सम्बन्धित पसल तथा कागजातहरु मिति आगामी आषाढ १५ गते भित्र व्यवस्थित गर्न हुन सम्बन्धित सबैमा यो सार्वजनिक सूचना जारी गरिएको छ ।’