झापा ।  

झापाको बिर्तामोड नगरपालिका–५ सुब्बा चौकबाट प्रहरीले सामानसहित एक जनालाई पक्राउ गरेको छ । विहीवार अन्दाजी ३ः४० बजेको समयमा भन्सार छलेर ल्याएको सामानसहित गाडी र सामानधनीलाई पक्राउ गरेको हो ।  

मे.१ च ६२८४ नं को पिकअपमा भन्सार छलेर लुकाई छिपाई सर–सामान ल्याएको भन्ने गोप्य सुचना प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले सामानसहित गाडी र सामानधनीलाई नियन्त्रणमा लिएको हो । 

 सो स्थानमा गएर ५० किलो ग्रामको दरले २५ बोरा १ लाख २५ हजार मूल्य बराबरको चिनी र  पिकअप गाडी अन्दाजी १२ लाख मूल्य बराबरको सामान नियन्त्रणमा लिएको थियो । 

साथैे सामान धनी कनकाई नगरपालिका–८ का ३२ बर्षिय नारायण सिटौलालाई पनि नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनी ल्याएर राखेको र भन्सारमा बुझाउनेतर्फ आवश्यक काम कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।