झापा ।
झापाका इन्द्रहाङ लिङ्देन पहिलोपटक बेलायतको फेल्थम एण्ड हेस्टन कन्जरभेटिभ एसोसिएसनको क्षेत्रीय अध्यक्ष निर्वाचित भएका छन् । उनी कन्जरभेटिभ पार्टीबाट क्षेत्रीय अध्यक्ष निर्वाचित भएका हुन्। फेल्थम र हेस्टन निर्वाचन क्षेत्रका ९ वटा वडाको प्रतिनिधित्व गर्दै लिङ्देन क्षेत्रीय अध्यक्ष निर्वाचित हुने पहिलो नेपालीसमेत उनी बनेका छन् ।

बेटफोन्ट, फुटबल एण्ड सोसियल क्लब हलमा मंगलबार सम्पन्न निर्वाचनबाट बिर्तामोड नगरपालिका–५ का लिङ्देन क्षेत्रीय अध्यक्षमा निर्वाचित भएका छन् । उनी नेपाल तरुण दलका केन्द्रीय सदस्यसमेत रहेका साथी राजेन्द्र उप्रेतीले बताएका छन् । लिङ्देनको पुर्खौली घर पाँचथर हो । लामो समय बिर्तामोड बस्दै आएका लिङ्देनले यहीँ अध्ययन गरेका हुन्। उनले डेढ दशक अघि बेलायत गएका साथी राजेन्द्रले सुनाए।
अध्यक्ष निर्वाचित भएसँगै लिङ्देनले २६ जना काउन्सिलरको छनोट गर्ने भएका छन् । अध्यक्ष लिङ्देनले आगामी वर्षको स्थानीय चुनावमा लेबर पार्टीसँग प्रतिस्पर्धा गर्नेछन् । लेबर सो क्षेत्रमा कन्जरभेटिभ पार्टीको मुख्य प्रतिस्पर्धी मानिन्छ ।
लामो समयदेखि सो पार्टीमा आवद्ध लिङ्देन सन् २०२० देखि २१ सम्म क्षेत्रीय उपाध्यक्ष रहेका थिए ।अध्यक्ष निर्वाचित भएसँगै आफूमा अवसरसँगै चुनौती थपिएको सुनाएको साथी राजेन्द्रले बताए । लिङ्देनले आगामी वर्ष हुने स्थानीय निर्वाचनम २६ जना काउन्सिलर छान्नुपर्छ । निर्वाचन क्षेत्रमा सदस्य छान्ने, फन्ड राइजिङ इभेन्ट गर्ने र निर्वाचनबाट धेरै काउन्सिलरलाई निर्वाचित गर्ने लक्ष्य लिङ्देनले राखेका छन् ।
बेलायतमा व्यापार व्यवसाय गर्दै आएका लिङ्देन लोकतान्त्रिक विचारधारामा आबद्ध छन्। नेपाली कांग्रेस निकट उनी नेपाली जनसम्पर्क समिति बेलायतका महामन्त्री र कांग्रेसको महासमिति सदस्य समेतहुन् ।