ओखलढुंगा।

कन्सट्रक्सनको सामान चोरी गर्ने तीन जनालाई चोरी गरेको सामान सहित प्रहरीले पक्राउ गरेको छ । खिजिदेम्बा गाउँपालिका–७ स्थितमा रहेको एपोलो हाइड्रोपावर प्रालि अन्तर्गतको त्रिसाइज कन्सट्रक्सन कम्पनीको सामानहरु खिजिदेम्बा–८ स्थित क्याम्पको कम्पाउण्डमा राखिएको थियो । 

उक्त सामान जेठ २७ गते राती ड्रिल मेसिन १ थान, ग्रेन्डर १ थान र बिभिन्न प्रकारको तारहरु चोरी भएको भन्ने जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खोजतलाशमा खटिएको प्रहरी टोलीले  तीन् जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सोहि स्थानका २६ बर्षीय बिमल कार्की, १८ बर्षीय सुरज बिश्वकर्मा र अर्का एक जना बालक सहित चोरी भएको सामानहरु सहित उनिहरुकै घरबाट नियन्त्रणमा लिइ थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।