विराटनगर ।
कोशी प्रदेका दुई जिल्लाबाट छ जना लागूऔषधसहित पक्राउ परेका छन् । ताप्लेजुङ र पाँचथरबाट प्रहरीले लागूऔषध सहित ६ जनालाई पक्राउ गरेको छ ।

ताप्लेजुङको फुङलिङ नगरपालिका–४ स्थित लागू औषध बिक्री वितरण भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ३३३ मिलिग्राम ब्राउन सुगरसहित पाँच जनालाई पक्राउ गरेको थियो ।
फुङलिङ नगरपालिका–११ का २१ बर्षीय रोमन विश्वकर्मा, सिन्धुली दुधौली–१० का २७ बर्षीय देव बहादुर बिक, फक्तालुङ गाउँपालिका–३ का ३२ बर्षीय मन्दिप लिम्बु र भारतीय नागरिक मनोज साहलाई पक्राउ गरेको छ ।

त्यसैगरी पाँचथरको फिदिम नगरपालिका–४ बाट ५ सय ३० मिलिग्राम ब्राउन सुगरसहित फिदिम नगरपालिका–१ का ३० बर्षीय सागर लिम्बु र झापा बिर्तामोड घर भई हाल सोहि स्थानमा बस्दै आएका ३४ बर्षीय रोहित न्यौपानेलाई पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।