झापा ।
अविरल वर्षाको कारण झापाको मेचीनगर नगरपालिका–१३ चारआली चोकमा रहेको लक्कि डिपार्टमेन्टमा पानीले क्षति पुर्याएको छ । गएराति आएको अविरल पानीले रमेश आचार्यले सञ्चालन गरेको अन्डर ग्राउण्डमा रहेको लक्कि डिपार्टमेन्ट (आर्यन प्लाजा) पानी पसेर ६० लाख मूल्य बराबरको सामाग्रीमा क्षति पुगेको हो ।

उक्त पसलमा पूर्व पश्चिम राजमार्ग निर्माण हुँदै गरेको सडकको नालीको भल पानी छिरेर क्षति पुगेको हो । पानी पसेर उक्त डिपार्टमेन्टमा रहेको किराना आईटम, कस्मेटिक आईटम, गिफ्ट आईटम, ईलोक्ट्रोनिक सामान, दोसरी सामान, डेकुरेसन सामान र कपडाहरु गरी सामाग्रिहरुमा क्षति भएको छ ।
जानकारी प्राप्त हुनसाथ उक्त स्थानमा प्रहरी चौकी चारआलीबाट प्रहरीको टोली गएर सामाग्रिहरु उद्दार गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । तस्वीर संकेत