झापा । 

झापाका बिभिन्न स्थानमा गएराति बर्षासँगै परेको छट्याङले दुई जना ब्यक्ति घाइते भएका छन् भने एउटा गाईको मृत्यु भएको छ । बुधवार साँझ झापाको बुद्धशान्ति गाउँपालिका–४ सट्टाभर्नामा साँझ ६ः१० बजेको समयमा चट्याङ लागेर एक जना ब्यक्ति घाइतृ भएका छन् ।

सोही स्थानका अन्दाजी ६० बर्षिय स पुण्य पौडेलले आफ्नै गाई गोठमा काम गर्ने क्रममा  हावाहुरीसहित आएको चट्याङ लागेर घाईते भएका हुन् । 

उनलाई तत्काल उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा लगेर उपचार हँुदै गरेको छ ।  उनको दुबै आँखा र दाहिने हातमा चोट लागेको र अवस्था बोल्न सक्ने मध्यम रहेको प्रहरीले जनाएको छ ।

यसैगरी बुधवार साँझ ६ः३० बजेको समयमा झापा शिवसताक्षी नगरपालिका–७ टेक्राकी ४४ बर्षिया डम्बरकुमारी भुजेलको घर नजिकै रहेको उनकै गाईको गोठमा बाँधी राखेको एण्टा वटा गाईलाई पानीसँगै परेको चट्याङले लागे गाईको घटना स्थलमा मृत्यु भएको थियो । 

 घर भित्र बसिरहेकी डम्बर कुमारी भुजेललाई समेत चट्याङलेसो चट्याङ्गले भेटेर मुखमा सामान्य जलेको थियो । उनको अवस्था सामान्य र बोल्न सक्ने रहेको स्थानिय मेडिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।