बिर्तामोड ।
पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकाल (सीके अंकल) लाई पितृ शोक परेको छ ।झापा कनकाई नगरपालिका–६ चम्पापुरस्थित विद्यापति ढकालको ८९ वर्षको उमेरमा आज (बुधवार) विहान निधन भएको हो ।

वि.स. १९९३ साल जेठ ८ गते जन्मिएका ढकाल सामाजिक एवम् धार्मिक व्यक्तित्वका रुपमा परिचित थिए । उनी केही समय अघिदेखि अस्वस्थ्य रहेका थिए । स्व. ढकालका श्रीमती हरिमाया ढकालसहित ५ छोरा र ४ जना छोरी रहेका छन् । जसमा सीके अंकल काईला छोरा हुन् ।
ढकालका पाँच छोरा वुहारीहरुमा वेदप्रकाश–चन्द्रमाया, नरेन्द्र–गोमा, खेमराज–उर्मिला, चन्द्रकान्त–अम्विका, कमल–देवका रहेका छन् । चार छोरीहरु डम्वर कुमारी, रुकमिणा, चन्द्रकला र तीलरुपा रहेका छन् । ढकालका २७ जना नातिनातिना रहेका छन् । स्व. ढकालको आज १० बजे कनकाई माईमा अन्तिम संस्कार गरिने बताइएको छ ।
यसैवीच ढकालको निधनप्रति पूर्वाञ्चल दैनिकले दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको छ । पूर्वाञ्चल दैनिकका प्रधानसम्पदक एकराज गिरीले दुःखको यस क्षणमा स्व. पिताप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।