झापा।
केही दिन यता झापासहित देशभर अत्यधिक गर्मीका बढेको छ । जसका कारण तापक्रम निक्कै वढेको छ । त्यसले मानवसहित जीवजन्तुमा पनि समस्या गर्दै गइरहेको छ । मंगलबार झापामा दुई जनाको मृत्यु भएको छ । दुवै जनामा त्यस्ता अरु कुनै रोग र चोटपटक नदेखिएका कारण अध्याधिक गर्मीकै कारण मृत्यु भएको आशंका गरिएको छ ।

मंगलबार दिउँसो ४ बजे झापा अर्जुनधारा–११ नयाँ बस्तीस्थित चियाबगानभित्रको कच्ची बाटोमा सोही स्थानका ६० वर्षीय मित्रलाल कामी मृत फेला परेका थिए ।
उत्तानो परि लडिरहेको मृत अवस्थामा स्थानीले देखेर प्रहरीलाई खबर गरेका थिए । खासै विरामी नभएका कामी अचानक ढलेको बताइएको छ । अत्याधिक गर्मीका कारण अचानक ढलेर उनको मृत्यु भएको हुन सक्ने आंशंका गरिएको छ ।
त्यस्तै मंगलबार बिर्तामोड–२ फुलवारी टोलस्थित पासाङ शेर्पाको मकैवारीमा अर्का एक जना पनि मृत फेला परेका छन् । बिर्तामोड–२ आदर्श टोलका ३६ वर्षीय राम टुडु मृत अवस्थामा फेला परेका छन् । उनी घोप्टो परी मृत अवस्थामा फेला परेका थिए । बाहिरी कुनैपनि चोटपटक नदेखिएको प्रहरीले जनाएको छ ।
दुवै मृतकहरुमा कुनै रोग र समस्या नदेखिएकाले अत्याधिक गर्मीकै कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । दुवै शवलाई कानुनी प्रकृया पुरा गरी पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।