झापा ।
खेतमा चराउनका लागि पगाहा लगाएको भैंसी चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको झापा गाउँपालिका–६ का अन्दाजी १९ बर्षिय बिनोद बनियाले खेतमा पगाहा लगाएको भैंसी चोरी गरेर बेच्ने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

सोमबार बिहान अन्दाजी ११ बजेको समयमा झापा गाउँपालिका–६ का खगेन्द्रकुमार कार्कीको भैंसी खेतमा चराउनको लागि पगाहा लगाएइको थियो ।
सो स्थानबाट चोरी गरी लगेर बिक्री गर्नको लागि झापा गाउँपालिका र बाह्रदशी गाउँपालिका–६ को सिमानामा पर्ने बिरिङ खोला पुर्याई भैसी खरिद बिक्री गर्ने अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो ।
उनले व्यापारीहरुलाई सम्पर्क गरी बोलाएर बिक्री गर्ने क्रममा ब्यापारीहरुलाई चोरी गरि ल्याएको भन्ने शंका लागेर स्थानिय प्रहरीलाई जानकारी गराउना साथ प्रहरी टोली पुगेर उनलाई नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाबाट उनलाई झापा जिल्ला अदालतमा उपस्थित गराई ५ दिन म्याद थप गरी चोरी सम्बन्धि कसूरमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।