बिर्तामोड ।
बिर्तामोड उद्योग वाणिज्य संघले उपसमिति गठनलाई तीब्रता दिएको छ । वाणिज्य संघको मातहतमा रहेर काम गर्ने गरी बिर्तामोडस्थित हिकोला रोड र प्रसाई मार्केटमा उपसमिति गठन गरेको संघले मंगलवार मुक्तिचोक– शनिश्चरे रोडमा नयाँ उपसमिति गठन गरेको छ ।

संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रमकाबीच गौरीशंकर गुप्ता ‘टिङ्कु’को संयोजकत्वमा ३१ सदस्यीय उपसमिति गठन गरेको हो । समितिको सह संयोजकमा प्रमोद राजवंशी, सचिव केशव मैनाली र कोषाध्यक्षमा सिजर राजभण्डारी रहेका छन् ।
सदस्यहरुमा संजय अग्रवाल, तोयानाथ खतिवडा, रेगन शाक्य, तुलशा श्रेष्ठ, निलु राजभण्डारी, दिपक गुरागाँई, दिपेश उदाश, यदु तिम्सिना, जीवन रिजाल, दिपक अग्रवाल (रघुनन्दन) रहेका छन् ।
त्यस्तै समितिको सदस्यमा अनुराग गोश्वामी, सिर्जना अग्रवाल, अंकित केडिया, मोहित अग्रवाल, अप्सरा खड्का, टोनी जिन्दल, प्रविन शाक्य, मनोज अग्रवाल, प्रेम श्रेष्ठ, आकाश गोयल, त्रिलोकचन्द सिंची, सपना मगर, सुमित बेगानी , रविना कर्ण रहेका छन् । बाँकी सदस्य मनोनयन गर्ने बताइएको छ ।
त्यस्तै वेदप्रकाश अग्रवाल, सत्यनारायण चौधरी, कृष्ण उदाश, ओम प्रकाश अग्रवाल, विजय ठाकुर, उत्तम शिवाकोटी, नरेश वंशल, सुरेश विन्दल, जगत शंकरलाई सल्लाहकार समितिमा चयन गरिएको छ । संघका सदस्य दिनेश श्रेष्ठले स्वागत गरेको कार्यक्रमको संचालन महासचिव कुशल खतिवडाले गरेका थिए ।
यसैबीच संघले सो उपसमितिलाई फोहोर व्यवस्थापनका लागि १० थान डस्विन समेत प्रदान गरेको छ । संघका अध्यक्ष न्यौपानेले उप समिति संयोजक टिङ्कुलाई डस्विन प्रदान गरेका थिए ।