हल्दीबारी ।
झापाको हल्दीबारी गाउँपालिका–२ मा हल्दीबारी अपाङ्गता स्वावलम्बन संस्था र हातेमालो मिलिजुली समूह वडा नम्बर २ को संयुक्त आयोजनामा सामाजिक सहभागिता अभिवृद्धिमा जन सरोकारहरुसँग एक दिने अन्तरसंवाद कार्यक्रम भएको छ ।

पालिकाका प्रत्येक वडामा हुने उक्त कार्यक्रम सोमवार वडा नम्बर २ मा भएको हो । कार्यक्रमको उद्घाटन हल्दीबारी गाउँपालिकाकी उपाध्यक्ष तथा कार्यक्रमकी प्रमुख अतिथि लक्ष्मी मैनालीले गरेकी थिइन् ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा कार्यक्रमका विशिष्ठ अतिथि मानबहादुर वन (महेन्द्र) ले अपाङ्गता भएका व्यक्तिहरूको हरेक कार्यक्रमलाई आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा हल्दीबारी–२ का वडा सदस्य गणेश मगर, श्री शान्ति बाटिका महिला कृषि सहकारी संस्थाका अध्यक्ष शारदा लिङ्देन, साना किसान सहकारी संस्थाका अध्यक्ष हर्क तामाङ, एकता बहुउद्देसीय सहकारी संस्थाका अध्यक्ष हरिकृष्ण अधिकारी, हल्दीबारी माविका प्रधानाध्यापक टंक पाख्रिन, नेपाल रेड क्रस सोसाइटी उपशाखा हल्दीबारीका अध्यक्ष कर्नाखर प्रसाईलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
पालिकाकी महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख तृष्णा थापा मगर, अदचा शिबु मुर्मु, सुमित्रा गिरी, सञ्चारकर्मी देवीका अधिकारी तथा अपाङ्गता भएका व्यक्तिहरूको उपस्थितिको कार्यक्रममका उपस्थिति रहेको थियो ।
ओपिडी सचिव राम टुडुले सञ्चालन गरेको कार्यक्रममा स्वागत हातेमालो मिलिजुली समुह अध्यक्ष तुलसा चौहानले गरेको लालबहादुर कन्दङवाले जानकारी दिए ।
यसैगरी सोमवार पालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रसहित महिला तथा बालबालिका शाखा प्रमुख तृष्णा थापा मगरले पूर्ण अपाङ्गता भएकी हल्दीबारी–२ की टंकमाया श्रेष्ठलाई रातो कार्डसमेत बितरण गरेका थिए ।
त्यस्तै हल्दीबारी गाउँपालिकाको आर्थिक सहयोग र राजवंशी जाती उत्थान मञ्चको आयोजनामा हुँदै गरेको पटानी बुन्न्े तालिमकोसमेत प्रमुख प्रशासकीय अधिकृत महेन्द्रसहित महिला तथा बालबालिका शाखा प्रमुख तृष्णाले अनुगमन गरेका थिए ।