झापा । 

झापाको बिर्तामोड नगरपालिका–२ चैतुवारीस्थित श्रीराम प्लाई फ्याक्ट्री नजिकै कच्ची सडकको किनारामा एक ब्यक्ति मृत अवस्थामा भेटिएका छन् । 

नामथर वतन नखुलेको तराईवासी मुलको जस्तो देखिने अन्दाजी ३५–४० को पुरुष मानिस मृत अवस्थामा भेटिएका हुन् । 

आइतवार साँझ ६ः३० बजेको समयमा इलाका प्रहरी कार्यालय घैलाडुब्बामा जानकारी प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय अनारमनी र इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरी टोली गएको थियो ।

प्रहरीले कानुनी प्रकृया लगायतको कार्यहरु भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।