बिर्तामोड ।
भट्टराई कुल वंश प्रतिष्ठान बिर्तामोड नगर समितिको शनिबार सम्पन्न तेस्रो नगर अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको छ। नवनिर्वाचित समितिको अध्यक्षमा मातृका भट्टराई, उपाध्यक्ष तारा भट्टराई, महिला उपाध्यक्ष पार्वता भट्टराई, सचिव बद्रीप्रसाद भट्टराई, सहसचिव गंगा भट्टराई र कोषाध्यक्ष डम्बर बहादुर भट्टराई रहेका छन्।

यसैगरी सदस्यहरूमा क्रमश वडा नम्बर १ देखि टिका भट्टराई, पुनम भट्टराई, देवीप्रसाद भट्टराई, भानु भट्टराई, शशीधर भट्टराई, सुमिल भट्टराई, टेकप्रसाद भट्टराई र उज्जवल भट्टराई, रामचन्द्र भट्टराई र सूर्य भट्टराई नन्दी केशर भट्टराई, दिपेश भट्टराई, लीलानाथ भट्टराई, इन्द्र भट्टराई, शर्मिला भट्टराई, संगिना भट्टराई र दिनेश भट्टराई चयन भएका छन्।
यसअघि बुद्धिराम भट्टराईले दुई कार्यकाल पूरा गर्दै तेस्रो नगर अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित गरेको हो। अधिवेशनको प्रमुख अतिथि भट्टराई कुलवंश प्रतिष्ठान केन्द्रीय अध्यक्ष दुर्गाप्रसाद भट्टराई जिल्ला समिति अध्यक्ष धर्मेन्द्र भट्टराई केन्द्रीय सचिव लोकनाथ भट्टराई, केन्द्रीय कानुनी सल्लाहकार राजेन्द्र भट्टराई, छोरी बुहारी सञ्जाल कि नगर अध्यक्ष कृष्णा भट्टराईलगायतले शुभकामना मन्तव्यराखेका थिए।

कार्यक्रममा संस्थाका सचिव बद्री भट्टराईले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष डम्बर भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। सोही अवसरमा बिर्तामोड नगर क्षेत्रका सम्पूर्ण भट्टराईहरूले उभौली गोठ पूजाको समेत आयोजना गरेका थिए। कार्यक्रममा नगरका करिब २०० भट्टराई बन्धु परिवारको सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता बुद्धिराम भट्टराईले गरेका थिए।