झापा । 

झापामा भएको सवारी दुर्घटनामा सहायक प्रहरी नायव निरिक्षकको मृत्यु भएको छ । गएराति अर्थात शनिवार साँझ ७ः५५ बजेको समयमा कमल गाउँपालिका–३ सानो केर्खास्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाईकल आफै अनियन्त्रीत भएर दुर्घटना भएको थियो । 

दुर्घटनामा मोटरसाइकल चालक मोरङको कानेपोखरी गाउँपालिका–४ का हाल इलाम सशस्त्र प्रहरी बल नेपाल (बीओपी) समालबुङ पोष्टमा कार्यरत ४८ बर्षिय प्रहरी नायव निरिक्षक पुरनलाल राजंवशीको मृत्यु भएको हो । 

बिर्तामोडबाट केर्खातर्फ आउँदै गरेको प्र.१–०२–००५२प. ७०२९ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भएर दुर्घटना हुँदा मोटरसाइकल चालक राजवंशी  गम्भीर घाइते भएका थिए ।

दुर्घटनमा गम्भिर घाइते उनलाई  उपचारको लागि वीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा गएराति ९ः १० बजेको समयमा उपचारको क्रममा मृत्यु भएको चिकित्सकले जनाएका थिए ।  लाश हाल सोही अस्पतालमा रहेको र घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।