हल्दीबारी । 

झापाको हल्दीवारी गाउँपालिका वडा नम्बर ५ अन्तरगतका बिभिन्न स्थानमा पेवर्स जडान शिलान्यास भएको छ । प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आज (शनिवार) उक्त पेवर्स जडान योजनाको शिलान्यास गरेका हुन् । 

लिङ्देनले सातघरे दक्षिण विश्रामघाट सडक, वडा नम्बर ५ को कार्यालय जाने सडक र कन्चनश्री बजार क्षेत्रको पेवर्स जडान योजनाको शिलान्यास गरेको छन् । 

silanyas

हल्दीबारी गाउँपालिकाको आयोजनामा सम्पन्न हुने तीन वटा योजनाको संयुक्त रुपमा उद्घाटन गरिएको छ । हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) ले उक्त आयोजनाका बिषयको औचित्यमाथि प्रकाश पारेका थिए । 

उनले सातघरे दक्षिण विश्रामघाट सडक २२५ मिटर प्लमसहित ३७ लाख ८४ हजार ५७०, वडा नम्बर ५ को कार्यालय जाने सडक ३३५ मिटर प्लमसहित ५८ लाख ७ हजार ९२० रुपैयाँ र कन्चनश्री बजार क्षेत्र व्यवस्थापन १० लाख ८४ हजार ७ रुपैयाँ गरेर जम्मा एक करोड ८ लाख ३५ हजार ३८६ रुपैयाँ ५५ पैसामा ठेक्का सम्झौता भएको बताए । 

उनका अनुसार बजेटको स्रोत हल्दीबारी गाउँपालिका रहने गरी शिव शिवालय कन्स्ट्रसन प्रालि बिर्तामोड–४ लाई आगामी माघ २९ गतेसम्ममा सम्पन्न गर्ने गरी सम्झौता भएको छ । प्रमुख प्रशासकीय अधिकृत महेन्द्रले हल्दीबारीमा हुने विकास योजनाहरुको अनुगमन गरिदै आएको र आगामी दिनमा पनि गर्ने र उक्र योजनाहरु समयमै सक्ने पहलकाका लागि प्रतिवद्धतासमेत जनाए । 

स्वागत हल्दीबारी–५ का वडाध्यक्ष खड्क लावतीले गरेको कार्यक्रममा प्रमुख अतिथि लिङ्दनेले आफ्नो भनाई राखेका थिए । उनले हल्दीबारी गाउँपालिकाले भौतिक निर्माण कार्यलाई तीब्रता दिदै आएको बताउँदै आगामी दिनमा पनि त्यसलाई आफु सकेको सहयोगका लागि पहल गर्ने बताए । 

शिलान्यास कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, हल्दीबारी–१ का वडाध्यक्ष देवीबहादुर थापा, हल्दीबारी–४ का वडाध्यक्ष सन्तकुमार थापा, कार्यपालिका सदस्य, वडा सदस्य, स्थानीयलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पालिकाकी कर्मचारी देवीका अधिकारीले गरेकी थिइन् ।