चन्द्रगढी ।
झापाको भद्रपुर नगरपालिका वडा नम्बर ७ को नव दुर्गा मन्दिरमा बाल सस्कार केन्द्र स्थापना भएको छ ।नव दुर्गा मन्दिर समितिको संरक्षकत्व तथा जनकल्याण प्रतिष्ठानको सहकार्यमा बालबालिकाहरुमा सस्कार र सस्कृतिको ज्ञान प्रदान गर्ने उद्देश्यले उक्त बाल सस्कार केन्द्रको स्थापना गरिएको हो ।

भद्रपुर नगरपालिकाका नगर उप–प्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न उदघाटन कार्यक्रममा प्रमुख अतिथि कार्की, वडा नं.६ का वडाध्यक्ष रतिया राजवंशी, पन्डित कमल नयन निरौलाले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा जनकल्याण प्रतिष्ठानका प्रदेश सदस्य इश्वर पोखरेलले प्रतिस्ष्ठानको एकल विद्यालय अभियान अन्तर्गत बाल सस्कार केन्द्रको औचित्यमाथि प्रकाश पारेका थिए ।
नव दुर्गा मन्दिर समिति अध्यक्ष यादवप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत शान्ता उपाध्याय र सन्चालन दिर्घ राज आचार्यले गरेका थिए ।