झापा ।
झापाको अर्जुनधारा नगरपालिका–११ स्थित नमुना सामुदायिक वन भित्र रहेको सामुदायिक दिमदिमे पोखरीमा डुवेर दुई जना बालकको मृत्यु भएको छ । आज (शनिवार) बिहान ८ बजेको समयमा स्थानीयले डुवेको अवस्थामा फेला पारेका थिए ।

तेह्रथुम जिरीखिम्ती घर भई हाल पुर्णबहादुर राईको घरमा पाहुना आएका धनमाया गुरुङको छोरा १२ बर्षिय महसुस गुरुङ र सोही स्थान बस्ने मुना गुरुङको छोरा १० बर्षिय छोरा सुजल गुरुङ पौडी खेल्ने क्रममा पोखरीमा डुवेको अवस्थामा स्थानिय देखेका थिए ।
स्थानीयले तत्काल उद्धार गरेर पोखरीबाट निकाली उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड तर्फ लिएर गएका थिए । उनीहरुको बिर्तामोडको बीएण्डसी अस्पतालका चिकित्सकले दुबै जनालाई आज बिहान ८ः२० बजे मृत घोषणा गरेको थिए ।
घटनाको बिषयमा थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय अनारमनी प्रहरी टोली गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।