बिर्तामोड ।
नेकपा (एकीकृत समाजवादी) झापाले गिरीबन्धु टी–स्टेटको सत्य तथ्य छानबिनसहित विभिन्न मागसहित झापासहित देशव्यापी रुपमा प्रचा वितरण गरेको छ ।

समाजवादीले शुक्रवार दिनको ३ बजे एकैपटक झापासहित देशभरका ठूला–ठूला शहरहरू र गाउँ चोक–चोकमा ‘सुशासन र रोजगारी समाजवादको तयारी’ नाराका साथमा विभिन्न बुँदागत प्रचा वितरण गरेको हो ।
एकीकृत समाजवादी पार्टीका झापा अध्यक्ष विपी भट्टराईको नेतृत्वमा झापाको बिर्तामोड, भद्रपुर, काँकरभिट्टा, धुलावारी, सुरुङ्गा, माइधार, दमक, झिझिलेलगायत सवै मुख्य शहरसहित गाउँ तथा चोकचोकमा बिभिन्न शिर्षक राखेर प्रची वितरण कार्यक्रम सम्पन्न गरिएको थियो ।
झापा जिल्लामा धेरै पहिलादेखि चर्चा रहेको गिरीबन्धु टि–स्टेटको विषयलाई लिएर एकीकृत समाजवादी झापाले सत्य तथ्य छानबिन गरी दोषीलाई कानुन बमोजिम कारबाही गरियोस् भनेर अख्तियार प्रमुखलाई सोशल मिडियाबाट विरोध जनाउँदै कार्यक्रम सम्पन्न गरेको छ । ‘सुशासन र रोजगारी समाजवादको तयारी हाम्रो अपिल’ शिर्षकको प्रचा झापासहित देशैभर वितरण गरिएको पार्टीले जनाएको छ ।
नेकपा एसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर मन्त्रिपरिषद एवं प्रधानमन्त्रीले गरेका नीतिगत निर्णयका बारेमा आफू प्रवेश नगर्ने भनी आफैले गरेका निर्णयहरु अवज्ञा गर्दै मन्त्रिपरिषदले गरेको निर्णयको आधारमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई प्रतिवादी बनाई भ्रष्टाचारको मुद्दामा विशेष अदालतमा मुद्दा दायर गरिएको विषयले सर्वसाधारणको ध्यान आकर्षण गरेको भन्दै २०६४ सालपछिका सबै प्रधानमन्त्रीहरु र मन्त्रीपरिषदबाट भएका सबै निर्णयहरूको बारेमा तत्काल छानबिन गर्नसमेत माग माग गरेको छ ।
राजनीतिक आग्रह र पूर्वाग्रहको आधारमा मात्रै माधव नेपालमाथि प्रतिशोधपूर्ण ढंगले मुद्दा दायर गरिएको नेकपा एससहित सर्वसाधारणको बुझाई रहेकोले गिरिबन्धु स्टेट का सम्बन्धमा तत्कालीन मन्त्रिपरिषदले गरेका निर्णयहरूको आधारमा जसरी भ्रष्टाचार भयो भनिएको छ तत्काल सत्य तथ्य जाँचबुझ गरी मुद्दा चलाउन पनि माग गरिएको छ ।