झापा । 

नेपाली नक्कली (खोटा मुद्रा) छाप्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टा बजार क्षेत्रमा रहेको नेपाल बैंक अगाडी सडक खण्डमा शंकास्पद अवस्थामा हिडडुल गरीरहेका तेह्रथुमको ओयाक्जुङ गाउँपालिका–५ नेलई घर भई झापा  कनकाई नगरपालिकाका–८ लक्ष्मीपूरमा घरकोठा भाडामा लिई बस्दै आएका ती ब्यक्ति गत जेठ १८ गते पक्राउ परेका थिए । 

पक्राउ गरिएका २८ बर्षिय गणेश भारतीलाई कार्यालयबाट खटिएको गस्ती प्रहरी टोलीले चेकजाँचको क्रममा १००० दरको नेपाली नक्कली (खोटा मुद्रा) एक लाख सहित फेला पारेको थियो । 

झापा जिल्ला अदालतबाट म्यादथप भई थप अनुसन्धानको क्रममा उनले उक्त नक्कली नोट आफैले छपाई गरी चलन गरेको भन्ने खुली आएकोले विहबार दिनको अन्दाजी १६ः३० बजेको समयमा प्रहरी निरीक्षक राजकुमार कार्की समेतको अनुसन्धान टोली  गएर उनी बस्ने गरेको डेरा कोठामा तलासी लिँदा बिभिन्न दरका नेपाली नक्कली (खोटा मुद्रा)  ५ लाख ३० हजार ६८० रुपैयाँ नक्कली नोट छाप्ने गरेको मेसिन एक थान, नोटमा प्रयोग हुने बिभिन्न प्रकारका रंग लगायतका सवुत प्रमाणहरु फेला पारी बरामद  गरेको । भारतीका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।