बिर्तामोड ।
गएराति झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ३ मा जंगली हात्ती गाउँ पसेर पस्दा अनारमनी पब्लिक क्याम्पसमा क्षति पुर्याएको छ । गएराति करिव १२ बजेको समयमा एउटा जंगली हात्ती गाउँ पसेको थियो ।

हात्तीले बिर्तामोड–३ स्थित बिर्ता बजारमा रहेको अनारमनी पब्लिक क्याम्पसको गेट भत्काएर भित्र रहेको संरचना तथा बगैंचामा क्षति पुर्याएको छ ।
त्यस्तै गरी राति हात्तीले क्याम्पस नजिकै रहेको एक स्थानीयको घरमा समेत क्षति पुर्याएको जनाइएको छ । यसैगरी जंगली हात्तीले बिर्तामोड–१० मा रहेको महेन्द्रज्योति माध्यमिक बिद्यालयको पछाडिपट्टीको वालसमेत भत्काएको जनाइएको छ ।
इलाका प्रहरी कार्यालय अनरमनीका डिएसपी बिजय श्रेष्ठले राति जंगली हात्ती आएको जानकारी दिदै क्षतिको बिषयमा कुनै जानकारी नआएको बताउँदै अनुसन्धान गरिने बताएका छन् । संकेत तस्वीर