झापा ।  

विश्व वातावरण दिवसको अवसरमा अरिदमन गणले सुरक्षा प्रदान गरिरहेको मेचीनगर नगरपालिका–१४ दुवागढीस्थित होल्डिङ सुरक्षा पोष्टको अगाडी  बृक्षारोपण  गरिएको छ ।  अरिदमन गणको अगुवाईमा होल्डिङ सुरक्षा पोष्टको अगाडी रहेको खाली जमिनमा विभिन्न प्रजातिका २३० वटा बिरुवा रोपिएको हो । 

अमला ४० रुद्राक्ष १५,  सरिफा २०, टिक १५, निम २५ , बडर २०, जामुन ३०, रातो सिरिस १०, चिउरी २०, मसला १५, कल्की १५ र राजबृक्ष १५ वटा रहेका छन् । 

मेचीनगर–१४ का वडाध्यक्ष बाबुलाल सुब्बा तथा स्थानीयवासीहरुको समेत सहभागितामा अरिदमन गणका गणपति प्रमुख सेनानी प्राजु बस्न्यातको नेतृत्वमा खटिएको ११५ जनाको टोलीले  सो बृक्षारोपण गरेको थियो ।