झापा ।
झापाको दमक नगरपालिका–७ पशुहाटडाँडास्थित पूर्व–पश्चिम लोकमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बुधवार साँझ अन्दाजी ७ः२० बजेको समयमा यात्रुबहाक बसले मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दमकबाट केर्खातर्फ जाँदै गरेको मे १ ख ३०२७ नम्बरको यात्रुबाहक बस र केर्खाबाट दमकतर्फ आउँदै गरेको प्र–१–०२–०५२ प. २२११ नम्बरको मोटरसाइकल एकआपसामा ठोक्किएका थिए ।
दुर्घटनामा मोटरसाइकल चालक दमक–४ का ३६ बर्षिय मिलन थापा गम्भीर घाइते भएका थिए । घाइते थापालाई उपचारको लागि आर्य न्युरो अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रमम गएराति ८ः३८ बजे मृत्यु भएको चिकित्सकले घोषणा गरेका थिए ।
बस चालक गौरादह नगरपालिका–४ का ३२ बर्षिय सरकार टुडु र दुबै सवारी साधन इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।