झापा । 

यातायात व्यवसायीले आन्दोलनको कार्यक्रम फिर्ता लिएसँगै सार्वजनिक यातायात सञ्चालनमा आएका छन् । मंगलबार यातायात व्यवसायी महासंघ र सरकारबिच भएको वार्ता सकारात्मक भएसँगै यातायात सञ्चालनमा आएको हो ।

मंगलबार साँझ नै गण्डकी सरकारले राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित गरेपछि यातायात व्यवसायीले पनि आफ्नो प्रदर्शन फिर्ता लिने निर्णय गरेको नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघ झापा कोषाध्यक्ष धनबहादुर गिरीले जानकारी दिएका छन् ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ एपको बारेमा ल्याएको नियमावलीको विरोध गर्दै यातायात व्यवसायीले जेठ १९ गतेदेखि सार्वजनिक यातयात घर तथा ग्यारेजमा थन्काएर आन्दोलन शुरु गरेका थिए ।

वार्ता सकारात्मक भएसँगै झापासहित देशभर यातयात व्यवसायीले ठप्प पारेको सार्वजनिक यातायात देशैभर सञ्चालन भएको महासंघ झापा कोषाध्यक्ष गिरीले जानकारी दिएका छन् ।