बिर्तामोड । 

बिर्तामोड उद्योग बाणिज्य संघका कोषाध्यक्ष युवराज निरौलालले संघले स्थापना गरेको व्यवसायिक राहत कोषमा आर्थिक सहयोग गरेका छन् । 

संघको कोषाध्यक्ष भएसँगै पहिलो पटक ११ हजार एक सय ११ रुपैयाँ सहयोग प्रदान गरेर निरौलाकै सक्रियतामा कोष स्थापना भएको थियो । संघको निर्वाचनमा व्यवसायीको हकहितका लागि निरौलाले कोषको स्थापना गर्ने उद्घोष गरेका थिए भने सोही उद्घोष अनुरुप संघले राहत कोष स्थापना गरेको थियो । 

निरौलाले आज (मंगलबार) परेको आफ्नो जन्मदिनमा कोषका लागि २१ हजार एक सय ११ रुपैयाँ सहयोग गर्दै जवसम्म कोषमा एक करोड पुग्दैन तवसम्म न्यूनतरमा ११ हजार एक सय ११ रुपैयाँ दिने घोषणासमेत गरेका छन् । 

आज संघको कार्यालयमा संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष निरौलासहित उनकी धर्मपत्नि भीमा दुलाल निरौलाले संघको ब्यवसायिक हित कोषमा आर्थिक सहयोग गरेका थिए । 

कार्यक्रममा सम्बोधन गर्दै संघका अध्यक्ष न्यौपानेले व्यवसायिक राहत कोष कोषाध्यक्ष निरौलाकै जन्मोत्सवका अवसर पारेर सञ्चालन गरेको बताए । उनले एक करोड रुपैयाँको कोष पुर्याउने उदेश्यसहित स्थापना गरिएको व्यवसायि राहत कोषमा सवै ब्यवसायीहरुलाई सहयोग गर्नसमेत आग्रह गरेका छन् । 

निरौला नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोडका अध्यक्ष, नेपाल मोवाइल व्यवसायी महासंघ झापाका अध्यक्ष, मोवाइल एशोसिएसन बिर्तामोडको अध्यक्ष, शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका लेखा सुपरिवेक्षण समिति संयोजकलगायत बिभिन्न सामाजिक संघ संस्थामा आवद्ध रहेका छन् । 

संघले स्थापना गरेको कोषमा सहयोग गरेको भन्दै संघका अध्यक्ष राजु न्यौपानेसहित व्यवसायी सदस्य राहत कोषका  संयोजक राजकुमार घिमिरे ‘राजु’ सहितको उपस्थितिमा आयोजित कार्यक्रममा कोष वृद्धिका लागि सहयोग पु¥याउने निरौला दम्पत्तीलाई पदाधिकारी तथा सदस्यहरुले शुभकामनासहित कदरपत्रद्वारा सम्मान गरेका थिए । कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।