झापा । 

गएराति झापाको कमल गाउँपालिका –३ स्थित रतुवामाई बृक्षारोपण आयोजनाको जंगलमा एउटा जंगली हात्तीको करेन्ट लागेर मृत्यु भएको छ । 

बिजुलीको फलामको पोलमा धकेल्दा हाईटेनसन तारमा परेर उक्त हात्तीलाई करेन्ट लागी सुड र एउटा दारा जले हात्तीको घटनास्थलमै मृत्यु भएको हो । 

सो स्थानमा प्रहरी चौकी केर्खाबाट प्रहरी टोली गएर घटनास्थल सुरक्षित राखेको, कानुनी प्रकृयाको लागि जिल्ला वन कार्यालय झापासँग समन्वय भईरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा सव डिभिजन वन कार्यालय चुलाचुलीको टोली पुगिसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।