झापा । 

वशिष्ठ भण्डारी समाज केन्द्रीय कार्य समितिको पद हस्तान्तरण समारोह सम्पन्न भएको छ । कनकाई नगरपालिका ४ कोटिहोमस्थित समाजको आश्रममा आयोजित कार्यक्रमकाबीच पद हस्तान्तरण भएको हो ।

समाजको १६ औं साधारण सभाबाट कृष्ण प्रसाद भण्डारी मार्सेली अध्यक्षमा सर्बसम्वत चयन भएका थिए । समाजको पद हस्तान्तरणसंगै वशिष्ठ भण्डारी समाजको छाताभित्र रहेको स्वजन बहु चिकित्सालयका समस्या , सम्पत्ति र दायित्व एवम् कानूनी प्रक्रियाका बारेमा डा. गोपाल भण्डारीले जानकारी गराएका थिए । उनले दिएको सुझाव अनुसार कम्पनीको साधारणसभा बोलाउन  अनुरोध गरिएको छ ।

त्यस्तै वशिष्ठ भण्डारी समाज मोरङ जिल्ला अन्तर्गतको भाउन्ने प्रशाखालाई ब्यवस्थित गरिने भएको छ । जसका लागि समाजका वरिष्ठ उपाध्यक्ष घनश्याम भण्डारीको संयोजकत्वमा एक उपसमिति गठन गरिएको छ । यसैगरी  वशिष्ठ भण्डारी समाजको बिधानको अधिनमा रहेर पूर्व अध्यक्ष दुर्गाप्रसाद भण्डारीको सभापतित्वमा सल्लाहकार सभाको गठन गरिएको  छ।

 केन्द्रीय समितिमा काठमाडौका रबि भण्डारी र खगेन्द्र भण्डारीलाई विधानको अधिनमा रहेर मनोनित गरिएको छ । संस्थाको उद्देश्य प्राप्तिमा उपत्यकामा रहेका बन्धुहरुलाई एकताको शुत्रमा बाँध्ने काम  मनोनित सदस्यबाट हुने अपेक्षा गरिएको छ ।  दैनिक प्रशासनिक एवम् सामाजिक र भौतिक कार्य संचालनका सम्बन्धमा छलफल गर्दै आगामी वैठकले कार्यलय सञ्चालन समिति गठन गर्ने निर्णय गरेको छ ।

नव निर्वाचित अध्यक्ष भण्डारीले २०४६ देखि  हालसम्म सहसचिव , सचिब , उपाध्यक्ष , वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष भएको हुँदा आफ्नु अनुभव र अग्रजहरुको उचित सल्लाह ग्रहण गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रमको सञ्चालन समाजका महासचिव जय भण्डारीले गरेका थिए ।