झापा ।
गएराति झापाका अबिरल बर्षासँगै आएको हावाहुरीले क्षति पुर्याएको छ । गएराति ९ बजेको समयमा अबिरल बर्षासँगै आएको हावाहुरीले दमकमा सात वटा बिजुलीको पोल ढल्दा बिजुली अवरुद्ध भएको छ ।

गएराति ९ः१० बजेको समयमा हावाहुरीसँगै आएको पानीले दमक नगरपालिका–४ अडियामलस्थित अडियामलबाट आम्दा अस्पताल निस्कने भित्री सडक खण्डमा रहेको ७ वटा बिजुलिको पोल ढलेको छ ।
पोलढलेसँगै बिजुलीसमेत काटिएको छ भने इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोली गएर बिद्युत कार्यालय, जनप्रतिनिधिलाई जानकारी गराएर थप बुझुने कार्य भइरहेको छ ।
यसैगरी दमक नगरपालिका–९ मा बन्द अवस्थामा रहेको तुलसी बहुमुखी सहकारी संस्थाको भवनको अगाडीको सम्पूर्ण सिसाा फुटेर झर्दा सोही भवन अगाडी पार्क गरी राखेको मे १ ज २०३० नम्बरको बोलेरो गाडीको अगाडीको सिसा फुटेको, अगाडीको बनोट समेत कुच्चीएर क्षति भएको छ ।
साथै सोही भवनकोमाथि लगाएको ट्रस समेत हावाले उडाई सोही स्थानकी कमला पोखरेल (भट्टराई) ले सञ्चालन गरेको दाजु–भाई पसलको छानोमा ट्रस झरेर छानो क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उक्त घटनाको क्षतिको बिवरण आउन बाँकि रहेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।