झापा ।
सवारी दुर्घटनामा घाइतेको उपचारका क्रममा मृत्यु भएको छ । सवारी दुर्घटनामा घाइते बुद्धशान्ति गाउँपालिका–५ की अन्दाजि २२ बर्षिया आकृति दनुवारको उपचारको क्रममा आज (आइतवार) ४ः१० बजेको समयमा बीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको छ ।

गत जेठ १३ गते झापाको मेचीनगर नगरपालिक–१४ धाइजन चोकस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको थियो । धुलाबारीबाट चारआलीतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४७११ नम्बरको ट्रक र सोहि दिशाबाट जाँदै गरेको प्रदेश १–०१–०१४ प ५१५२ नंम्बरको मोटरसाईकल बिच ठक्कर हुँदा दुर्घटना मोटरसाइकलमा सवार दुई जना घाइते भएका थिए ।
दुर्घटनामा मोटरसाईकल चालक मेचीनगर–१० धुलाबारीका अन्दाजि २७ बर्षिय राहुल गुप्ताको बायाँ हातमा चोट बोल्न सक्ने सामान्य सोहि मोटरसाईकलमा पछाडि सवार दनुवार दुबै हात खुट्टा र कमरमा चोट बोल्न नसक्ने गम्भीर भएकी थिइन् । अस्पताल उपचार भइरहेकी गम्भीर घाइते आकृति दनुवार उचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रक चालक बिर्तामोड नगरपालिका–३ का अन्दाजि ३४ बर्षिय बिजय लिम्बु इलाका प्रहरी कार्यालय धुलाबारी प्रहरी नियन्त्रणमा रहेको र थप अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।