झापा ।
झापामा खोलाले बगाएको अवस्थामा एक ब्यक्ति मृत फेला परेका छन् । आज (शनिवार) एक ब्यक्ति सिद्दि खोला सिच्चाईको लागि लगेको नहरको ढोकामा घोप्टो परेको मृत अवस्थामा फेला परेका हुन् ।

मेचीनगर नगरपालिका–१ सुनारे टोलमा इलामको रोङ गाउँपालिका–६ का ५६ बर्षिय भगिरथ तामाङलाई सिद्दि खोलाबाट मेचिनगर नगरपालिका–२ भृकुटीसम्म सिंचाईको लागि लगेको नहरको ढोकामा घोप्टो परी अड्किएर मृत अवस्थामा फेला हुन् ।
उक्त जानकारी प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय काँकरभिट्टा र प्रहरी चौकी तिरिङ्खोलाबाट प्रहरी टोली गएर कानुनी प्रक्रियालगायतको कार्यहरु पुरा गरी पोष्ट मार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।