झापा ।
गएराति झापामा भएको भारी बर्षाका कारण निर्माणधिन एशिएन हाइ–वेमा रहेका डाइभर्सनहरुमा क्षति पुगेको छ । गएराति परेको भारी वर्षाका कारण स्थानीय खोलाहरुमा आएको वाढीका कारण डाइभर्सनमा क्षति पुर्याउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध बनेको छ ।

एसियन मार्ग निर्माण गर्न बनाइएका विभिन्न ठाउँका डाइभर्सन बगाएको हो । काँकरभिट्टाको काली खोलामा बाटो बगाउँदा त्यहाँ पूर्णरुपमा यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बैकल्पिक मार्गबाट यातायात सुचारु गराउने पहल भइरहेको बुझिएको छ ।
त्यस्तै धुलाबारीनजिक कल्भर्टमा पनि समस्या भएको छ । त्यहाँ जेसीबीले माटो पुरेर एकतर्फी यातायात सुचारु गरिएको बताइएको छ। त्यस्तै बुट्टावारी चारआली सडकखण्डमा पनि डाइभर्सन बगाएको जनाइएको छ ।