झापा ।
झापाको हल्दीबारी गाँउपालिका–३ गणेश चोकमा गएराति जंगली हात्तीले पसलमा क्षति पुर्याएको छ । गएराति १ बजेको समयमा आएको एउटा जंगली हात्तीले पसलमा क्षति पुर्याएको प्रहरीले जनाएको हो ।

हल्दीबारी–३ गणेश चोकका गणेश भट्टराईको घर अगाडी राखिएको किराना पसलको गुम्टी जंगलबाट आएको एउटा हात्तीले फुटाई गुम्टी भित्र रहेको बिभिन्न किराना सरसामान खाएर छर्दा अन्दाजी ६० हजार मूल्य बराबरको क्षति गरेको छ ।
उक्त हात्ती पसलमा क्षति गरेर जंगलतर्फ गएको र अन्य क्षति नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।