झापा ।
झापा शिवसताक्षी नगरपालिका–७ लालपानी मण्डलबस्तिस्थित कृष्ण मण्डलको मकै बारीमा मानव कङ्काल फेला परेको छ । शुक्रवार दिनको ४ बजेको समयमा स्थानियले जनकारी गराएपछि प्रहरीको टोली घटना स्थलमा पुगेको थियो ।

प्रहरीको टोलीले सडिगलीसकेको अवस्थामा पुरूष मानिसको मानव कङ्काल रहेको स्थानका स्थानियसँग बुझ्ने क्रममा उक्त मानव कङ्काल सोही स्थान बस्ने ब्यक्तिको रहेको पत्ता लगाएका छ ।
सोही स्थान बस्ने भीम श्रेष्ठको छोरा मानसिक सन्तुलन ठिक नभएका अन्दाजी ४४ बर्षिय ओम प्रकाश श्रेष्ठ भएको पुष्टि भएको प्रहरीले जनाएको छ । उक्त मानव कङ्कालमा उनले लगाएको कपडा, मालाको आधारमा आफन्तले सनाखत गरेको गरेका छन् । मृतक गत जेठ १ गते घरबाट हराएका र जेठ ३ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा हुलिया निवेदन समेत दिइएको थियो ।
घटनास्थलको सम्पूर्ण कानूनी प्रकृया पुरा गरि मानव कङ्काल पोष्टमार्टमको लागि धरान घोपा पठाइएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।