उदयपुर ।
उदयपुरको चौदण्डीगढी नगरपालिका–२ स्थितबाट प्रहरीले लागूऔषध गाँजासहित ओसारपसारमा संलग्न दुई जना महिलालाई पक्राउ गरएको छ । विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले विहीवार उनीहरुलाई पक्राउ गरिएको हो ।

चौदण्डीगढी–१ की रत्न माया श्रेष्ठको घर कोठा खानतलासी गर्दा सोही स्थानकी ४२ बर्षीया कमला श्रेष्ठले ३५ वटा प्लास्टिकको वोरामा लुकाई छिपाई राखेको १ हजार १ सय ४३ किलो २७५ ग्राम गाँजा बरामद गरेको थियो ।
गाँजा बरामद भएसँगै संलग्न दुवै जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।
यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोशी नदीमा वेवारिसे अवस्थामा ट्युवमा बग्दै आईरहेको ८ वटा प्लास्टिकको बोरामा रहेको २ सय किलोग्राम गाँजा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बरामद गरेको छ ।