झापा ।
झापाको मेचीनगर नगरपालिका–१० धुलाबारी चोक गएराति आगलागी भएको छ । गएराति १०ः१० बजेको समयमा आगलागी हुँदा होटलमा क्षति पुगेको थियो ।

धुलावारीस्थित दिपक निरौलाको आफ्नै घरमा सञ्चालन गरेको खाजा घरमा अचानक बिद्युत सर्ट भएर आगलागी भएको हो ।
आगलागीबाट होटलमा रहेको फ्रिज, टिभी, बिधुतिय चुलो र विभिन्न सामानहरु जलेर नष्ट हुँदा एक लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
उक्त आगो नेपाल प्रहरी, स्थानियवासी र मेचीनगर नगरपालिकाको दमकलको सहयोगमा गएराति १०ः३५ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको छ । साथै अन्य थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।