झापा ।
झापा मेचीनगर नगरपालिका–१० खयरडाँगीस्थित तत्काल नाम थर वतन नखुलेको पहाडे मुलको जस्तो देखिने एक ब्यक्ति मृत फेला परेका छन् ।

आज दिनको १२ः३० बजेको समयमा अन्दाजी ४०–४५ बर्षियको पुरुष मानिस टिमाई खोलामा घोप्टो परी डुवेको मृत अवस्थामा फेला परेका हुन् ।
दिनको १ बजे इलाका प्रहरी कार्यालय धुलाबारीमा खबर प्राप्त हुन साथ तत्काल प्रहरी टोली गएर आवश्यक अनुसन्धान तथा कानुनी प्रकृया भईरहेको प्रहरीले जनाएको छ ।
स्थानीयको भनाई अनुसार मृतक ४÷५ दिन अगाडिदेखि धुलाबारी बजार एरिया तिर मागेर खाई हिन्ने गरेको भन्ने बुझिएको र कानुनी प्रकृया पुरा गरी लाश पोष्टमार्टमका लागि लागि प्रादेशिक अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।