झापा ।
झापाको बिर्तामोड नगरपालिका–७ मा तीन वटा जंगली हात्तीले क्षति पुर्याएको छ । गएराति १ः२० बजेको जंगली हात्तीले क्षति दुई वटा घरमा क्षति पुर्याउँदा तीन लाख २० हजार रुपैयाँ क्षति भएको हो ।

बिर्तामोड–७ रेखाटोलका अमरबहादुर संग्रौलाको एक तले पक्की टिनको छानो भएको भान्सा घर भत्काई पुर्ण रुपमा क्षति पुर्याउँदा दुई लाख रुपैयाँको क्षति पुर्याएको छ ।
सोही वडास्थित सिताराम टोलका तुलसीप्रसाद मैनालीको धानको भकारी बाट तीन मन धान खाएर घरको एक साईडको वाल भत्काउँदा एक लाख २० हजार क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।