विर्तामोड ।
विसे नगर्ची राष्ट्रिय ब्यक्तित्व सम्मान २०८१ वरिष्ठ संगीतकार रन्जित गजमेर र शिक्षा तथा समाजसेवी जयनारायण ढुंङा्नालाई समर्पण गरिने भएकोछ । झापा बिर्तामोडको सिटी सेन्टरमा आगामी जेठ ३१ गते शनिवार उक्त कार्यक्रममा यो सम्मान समर्पण गरिन लागेको बताइएको छ । सम्मानका लागि आयोजक गोर्खा फाउण्डेशन नेपालका अध्यक्ष वीरु दर्नालले सम्मानित ब्यक्तित्वदयको नाम छनौट गरिएको बताए ।

गोरखाका राजा पृथ्वीनारायण शाहलाई नेपाल एकिकरण गर्न आर्थिक अभाव भएसँगै युद्द कला र हातहतियार खरिद गर्न आवश्यक सल्लाह दिएर पृथ्वीनारायण शाहको सारथी बन्न सफल उनै एेतिहासिक ब्यक्तित्वको नाममा स्थापित विसे नगर्ची राष्ट्रिय ब्यक्तित्व सम्मान २०८० देखि प्रदान गर्न थालिएको अध्यक्ष दर्नालले बताए । यो दोस्रो कार्यक्रम हो र यसलाई हरेक वर्ष निरन्तरता दिने उनको भनाई छ ।
दलित समुदायका अग्रज प्रेरणाका श्रोत विसे नगर्चीको राष्ट्र निर्माणमा भएको योगदानलाई चीरस्मरण गर्दै वर्तमान युवा पुस्तासम्म पुर्याउन यस्तो कार्यक्रमको परिकल्पना गरिएको फाउण्डेशनाका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक रोशन नेपालीले बताए । समाजमा विभिन्न विधामा विशिष्ट योगदान पुर्याएका ब्यक्तित्वलाई यो सम्मान समर्पण गरिने परम्पराको थालनी गरिएको संयोजक नेपालीले जानकारी दिए ।
विभिन्न क्षेत्रका एकदेखि ५ जनासम्म विशिष्ट ब्यक्तित्वलाई सम्मान गरिदा एक जना झापाबाटै हुनु पर्ने फाउण्डेशनको अवधारणा भएकोले यस पटक एक जना बाहिर र एक जना झापाबाट छनौट गरिएको महासचिव सुवास तिखत्रीले बताए ।
झापामा बसेर विभिन्न क्षेत्रमा विशिष्ट योगदान गरी केन्द्रिय स्तरमा झापाको नाम उच्च पार्न जिवन समर्पण गरेका त्यस्ता ब्यक्तित्वलाई झापाको राष्ट्रिय ब्यक्तित्व चयन गरिने तिखत्रीले बताए । राष्ट्रिय ब्यक्तित्व बन्न वा पहिचान बनाउँन काठ्माण्डौमै बस्नु पर्छ भन्ने छैन र मोफसलमै रहेर पनि राष्ट्र र समाजलाई योगदान गर्न सकिन्छ भन्ने प्ररेणा युवा पुष्तासम्म पुगोस् भन्ने हाम्रो लक्ष्य रहेको अध्यक्ष दर्नालले बताए ।
नेपाली चलचित्र बाँसुरी, कुसुमे रुमाल, लाहुरे, चिनो, दर्पण छायाँलगायत दर्जनौं चलचित्रमा कालजयी संगीत भरेर गजमेर नेपाली समाजमा लोकप्रीय छ्न् । दार्जिलिङ निवासी गजमेरले सन् ७० को दशकमा रेडियो नेपाल काम गर्दै गर्दा भारतिय चलचित्र उधोगमा प्रवेश पाएका थिए । नेपाली मादललाई बलिउडमा उनै गजमेरले पहिलो पटक परिचित गराउँदै स्थापितसमेत गराए । वलिउडका चर्चित संगीतकार आरडी वर्मन (पन्चम दा) को विश्वास पात्र बनेर उनको मृत्युपर्यन्त साथ दिएका थिए ।
शिक्षा तथा समाजदेवी ढुंङाना मेची अंचलका स्थापित शिक्षा तथा समाजसेवी हुन् । नर्सरीदेखि डिग्रीसम्मको पढाई सञ्चालन गर्ने झापा, मेची अंचल मात्रै नभएर नेपालकै पहिलो कलेज कनकाई क्याम्पस बिर्तामोडका संस्थापक हुन् ढुंगाना । शिक्षा क्षेत्रको विकास बाहेक विभिन्न सामाजिक क्षेत्रमा ब्यक्तिगत लगानी गरेर सनाजसेवाको क्षेत्रमा पनि उत्तिकै महत्वपूर्ण योगदान रहेकोछ । मंदिर, पूल, बाटो, आर्यघाट तथा आराम गृह आदी निर्माण गरेर झापा तथा शान्तिपुर, ईलाममा लोकप्रीय छन् ढुंगाना । तत्कालिन शान्तिपुर गाउंपंचायतको अन्तिम निर्वाचित प्रधानपंचसमेत भएका ढुंगाना जीवनको उत्तरार्धमा बिर्तामोड–२ स्थित निजी जमिनमा विभिन्न रुख विरुवा हुर्काएर पर्यावरण भए मानव जीवन सुरक्षित छ भन्ने अभियानमा लागेका छन् ।