झापा ।
चालु बैशाख महिनामा ८४ वटा म्यानपावर कम्पनीले एक सय वढी कामदारहरु बैदेशिक रोजगारका लागि बिदेश पठाएका छन् । वैशाख महिनामा ८ दर्जन बढी म्यानपावर कम्पनी एक सय जना र त्यसभन्दा बढी कामदार पठाउन सफल भएका छन् ।

वैशाखमा ७६६ म्यानपावर कम्पनीले कामदार पठाउँदा धेरै कामदार पठाउने म्यानपावर कम्पनीको शीर्ष स्थानमा नीलकमल ह्युमन रिसोर्स प्रालि रहेको छ ।
नीलकमल ह्युमन रिसोर्स प्रालिले बैशाख महिनामा ९५३ जनालाई वैदेशिक रोजगारीमा पठाएको छ । यस्तै दोस्रो स्थानमा रहेको एसओएस म्यानपावर सर्भिस प्रालिले ६८५ र तेस्रो स्थानमा रहेको प्याराडाइज इन्टरनेशनल प्रालिले ६४२ जना कामदार पठाएको छ । वैशाख महिनामा ८४ वटा म्यानपावरले सवैभन्दा धेरै ९५३ जनाले लिएर १०३ जना कामदार पठाएको बिभागको तथ्याङ्का देखिएको छ ।