झापा ।
झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–९ का २५ बर्षिय बीरहाङ लेछर्वो लिम्वु छन् ।

लागूऔषध ब्युरो नियन्त्रण काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ भाडाको सिटिसफारीमा सवार लिम्बुलाई मंगलबार साँझ ६ः१० बजे नियन्त्रणमा लिएको हो ।
लिम्वुलाई शंका लागेर शरिर तलासी लिँदा लागूऔषध अर्थात खैरो हेरोइन प्लाष्टिक बाहेक ४ ग्राम ८०० मिलिग्राम फेला परेको थियो ।
लागूऔषध उनको साथबाट फेला परेसँग उक्त लागूऔषध सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याएर राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।