झापा । 

झापाबाट नौ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको विभिन्न स्थानबाट आइतवार जिल्ला प्रहरी कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो । 

ठगी र सट्टाबाजी मुद्दाको फैसला भई फरार रहेको उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापावाट फैसला कार्यान्वयनमा खटिएको प्रहरी टोलीले झापाको बिभिन्न स्थानबाट नियन्त्रणमा लिएको थियो । 

पक्राउ गरिएका उनीहरुलाई झापा जिल्ला अदालत झापामा उपस्थित गराएर जरिवाना दाखिलापछि ठोडिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

पक्राउ पर्ने फरार प्रतिवादीमा झापा कमल गाउँपालिकाका–१ का ३१ बर्षिय किरण बेघा, ठगी मुद्दाका फरार पर्साको घोबिनी गाउँपालिका–५ का ५३ बर्षिय हरेन्द्रप्रसाद कुर्मी, ठगी मुद्दाका फरार प्रतिवादी सोही स्थानका ५२ बर्षिय ईद्रिश मियाँ, लागू औषध मुद्धाका फरार प्रतिवादी झापा कचनकवल गाउँपालिका–७ का २६ को अरबिन भट्टराई, लागूऔषध मुद्दाका मेचीनगर– ७  का २४ बर्षिय ओम पोर्तेल भन्ने ओमबहादुर बिक छन् । 

यसैगरी सट्टाबाजी मुद्दाका फरार प्रतिवादी झापा दमक– ८  का २६ बर्षिय सतप्रकाश साह, सोही स्थानका २७ बर्षिय  राजु श्रेष्ठ, सोही प्रकृतिको मुद्दाका कमल गाउँपालिका–२ का ३० बर्षिय अरुण कार्की र गौरादह नगरपालिका–८ का ३३ बर्षिय पिताम्बर ध्वज थापा रहेका छन् ।