झापा । 

कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

 बंगालको खाडीको उत्तर–पश्चिमका केही क्षेत्र तथा दक्षिण–पश्चिमका अधिकांश क्षेत्रहरूमा साथै भारतको केरला आसपासको क्षेत्र, माल्दिभ्स, श्रीलङ्का लगायतका भू–भागसम्म मनसुनको आगमन भएको र बंगालको खाडीबाट जमिनको भू–भागतर्फ मनसुन अगाडि बढ्ने क्रममा रहेको महाशाखाले जनाएको छ।

सोमबार दिउँसो कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहने महाशाखाले जनाएको छ ।